चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शंकर श्रेष्ठ रहेका छन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९, गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेलापरेका हुन् । उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए ।
टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु