चितवन । घरको छतबाट लडेर पूर्वी चितवनमा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार मृत्यु हुनेमा नवलपुरको गैँडाकोटका ३५ वर्षीय शंकर श्रेष्ठ रहेका छन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार रत्ननगर नगरपालिका–९, गणेशचोकमा रोशन आचार्यको घरको कम्पाउन्डमा आज बिहान श्रेष्ठ मृतावस्थामा फेलापरेका हुन् । उनको टाउकामा चोट देखिएको उनले जानकारी दिए ।
टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको प्रनाउ रेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु