एमाले नेता बालकृष्ण ढुंगेल मृत फेला

सफल खबर संवाददाता

शनिबार, २२ असोज २०७९, १३ : १७
एमाले नेता बालकृष्ण ढुंगेल मृत फेला

काठमाडौँ । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य बालकृष्ण ढुंगेल मृत फेला परेका छन् । काठमाडौँ काँडाघारीस्थित आफ्नै निवासमा उनी शनिबर बिहान मृत भेटिएका हुन् ।

ढुंगेल घरमा एक्लै थिए । उनको घरमा हाल प्रहरी पुगेको छ । पहिलो संविधानसभाका सदस्य समेत रहेका उनी नेकपा माओवादीमा थिए । तर पार्टी एकता र विभाजनपछि उनी एमालेमै बसेका हुन् ।

माओवादी सशस्त्र युद्धका बेला भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उनी दोषी ठहर भइ सात वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया दिनुहोस