चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ का वडा अध्यक्षहरुले क्षेत्र नम्बर-३ बाटै निर्वाचन लड्न आह्वान गरेका छन् ।
बिहीबार काठमाडौं पुगेर १३ जना अध्यक्षले सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष प्रचण्डलाई गोरखा २ वटा निवार्चन लड्न दवाव आएसँगै चितवनवासीहरु चिन्तित बनेका छन् ।
भरतपुरका १९ वटा वडा र माडी नगरपालिका पर्दछ । यस अघि अध्यक्ष प्रचण्डलाई अभिभावकत्व ग्रहण गर्न भन्दै गठबन्धनले मंगलबार निर्णय गरेको थियो ।
वडा अध्यक्षहरु भरतपुर महानगरपालिकाबाट निर्वाचित क्षेत्र नम्बर ३ का हुन् ।
अध्यक्ष प्रचण्डसंगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पनि भेट गरेका छन् । भेटमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसंगै उद्योगी, व्यवसायीहरु समेत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असोज २०७९, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग