चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ का वडा अध्यक्षहरुले क्षेत्र नम्बर-३ बाटै निर्वाचन लड्न आह्वान गरेका छन् ।
बिहीबार काठमाडौं पुगेर १३ जना अध्यक्षले सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष प्रचण्डलाई गोरखा २ वटा निवार्चन लड्न दवाव आएसँगै चितवनवासीहरु चिन्तित बनेका छन् ।
भरतपुरका १९ वटा वडा र माडी नगरपालिका पर्दछ । यस अघि अध्यक्ष प्रचण्डलाई अभिभावकत्व ग्रहण गर्न भन्दै गठबन्धनले मंगलबार निर्णय गरेको थियो ।
वडा अध्यक्षहरु भरतपुर महानगरपालिकाबाट निर्वाचित क्षेत्र नम्बर ३ का हुन् ।
अध्यक्ष प्रचण्डसंगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग पनि भेट गरेका छन् । भेटमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसंगै उद्योगी, व्यवसायीहरु समेत सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० असोज २०७९, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’
नीति तथा कार्यक्रम कर्मकाण्डी भयो, मधेश र दलित हराए : संयोजक प्रचण्ड
संसद् समावेशी प्रतिनिधित्वका लागि संघर्षको परिणाम भएको ‘प्रचण्ड’को दाबी
‘समावेशी र समानुपातिक प्रतिनिधित्व राजनीतिक परिवर्तनको महत्वपूर्ण उपलब्धि’ : ‘प्रचण्ड’
'प्रचण्ड’सहित आज संसदमा शीर्ष नेताहरूले सम्बोधन गर्ने