चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १६ : ४५
चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख सापकोटा

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताएका छन्। 

दसैँ, तिहार, छठलगायत राष्ट्रिय पर्व र नेपाल संवत् ११४३ का अवसरमा सबै नेपालीलाई बधाई तथा शुभकामना दिँदै उहाँले हाम्रा संस्कृति, परम्परा एवं मनाउँदै आएका चाडपर्वले मौलिकता र विविधताको प्रतिनिधित्व गर्ने उल्लेख गरे । 

सन्देशमा सभामुख सापकोटाले भने, “मौलिकता र विविधता नेपालीको मूल विशेषता रहेको छ । दसैँ, तिहार, छठलगायतका चाडपर्व सामाजिक अन्तरघुलन र सद्भाव बढाउन महत्वपूर्ण सावित भएका छन् ।”

 उनले चाडपर्वका अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफल समाज रुपान्तरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । डेङ्गु सङ्क्रमणको जोखिमलाई ध्यान दिई सचेत भएर चाडपर्व मनाउन उनले सबैमा विशेष अपिल गरे । 

आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्षरुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहेको भन्दै उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने विषयलाई गहिरो गरी आत्मसात् गर्न सम्पूर्ण नेपालीमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस