काठमाडौँ ।नेपाली कांग्रेसले समानुपातिक सूचीमा नराखेको भन्दै मधेश प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले राजीनामा दिएका छन्।उनले आईतबार प्रेस विज्ञप्ती निकालेर प्रचार प्रसार प्रमुखबाट राजीनामा दिएको घोषणा गरेका छन्।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारमा अपाङ्ता भएको व्यक्तिलाई अवसर नदिएको उनको गुनासो छ। विज्ञप्तिमा उनले लेखेका छन्, ‘म एउटा अपाङ्ग व्यक्ति भएर अधिकारको लागि समावेशीको कुरा गर्दा प्रदेश नेतृत्वले कुरा नसुन्ने र बेवास्ता गरेको देखियो । कांग्रेस प्रदेश कार्यसमिति पदाधिकारीलाई समेत वेवास्था गर्यो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, १४ : ४०
लेखकबाट थप