अब ओली र प्रचण्डको भेट कहिले ?

शुक्रबार, २९ मंसिर २०७४, १३ : ०५
अब ओली र प्रचण्डको भेट कहिले ?

चितवन, २९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा जित निकालेपछि अव भावी सरकार कहिले र पार्टी एकता कहिले रु जस्ता प्रश्न सतहमा आएका छन् ।
अवको प्रधानमन्त्री को र पार्टी अध्यक्ष को रु यी प्रश्न पनि बहसमा छन् ।
यस विषयमा एमाले र माओवादी केन्द्रका प्रमुख नेता र अन्य नेताहरुका पनि फरक–फरक मत सतहमा आएका छन् ।
तर, विवादित विषयमा समान धारणा बनाउने प्रयास आजबाट शुरु हुन सक्छ । दुई पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच भेट गर्ने तयारी गरेका छन् ।
चुनावी अभियानमा चितवन पुगेका प्रचण्ड हिजो मात्र काठमाडौं फर्केका छन् । विजय उत्सवमा सहभागी हुन झापा गएका ओली पनि बुधवार नै काठमाडौं फर्किसकेका छन् ।
प्रचण्डको सचिवालयले दुई नेतावीच आज भेट हुन सक्ने बताएको छ । प्रचण्डले आज पार्टीका नेताहरुसँग परामर्श गरेपछि एमाले अध्यक्ष ओलीसँग भेट गर्ने तयारी गरेका छन् ।
तर, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने भेटका लागि समय तय नभएको बताए ।
चुनावी नजितापछि एमाले र माओवादी कार्यकर्तावीच सामाजिक संजालमा बहस शुरु भएको छ । मुख्य नेतृत्वको विषयलाई लिएर दुवै पार्टीका कार्यकर्ताले आ–आफ्नो दावी राखेका छन् ।
चुनाव अगाडि बामगठबन्धन बनाउँदा एमाले र माओवादीले पार्टी एकतासम्मको परिकल्पना गरेका थिए । यसका लागि उनीहरुले शीर्ष नेता रहेको पार्टी एकता संयोजनक समिति पनि बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस