काठमाडौं । काठमाडौंको बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका उनलाई बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो ।
घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु