इन्डोनेसियाको फुटबल स्टेडियममा भागदौड हुँदा १२७ जनाको मृत्यु, १८० घाइते

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, ०८ : ३१
इन्डोनेसियाको फुटबल स्टेडियममा भागदौड हुँदा १२७ जनाको मृत्यु, १८० घाइते

एजेन्सी । इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि दंग सुरु हुँदा १२७ जनाको मृत्यु भएको छ भने करिब १८० जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो अनुसार उनका फ्यानहरू अन्तिम सीटी पछि पिचमा दौँडिरहेको देख्न सकिन्छ । ‘पुलिसले त्यसपछि अश्रु ग्यास प्रहार गर्‍यो । जसको कारण भीडमा भागदौड भयो र निसास्सनाको घटना भयो ।’ पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले भने । प्रहरी प्रमुख अफिन्टाका अनुसार मृत्यु हुनेमा दुई प्रहरी अधिकृत रहेको रहेका छन् । ‘३४ जनाको रंगशाला भित्र र बाँकीको अस्पतालमा मृत्यु भयो’, उनले भने।

‘भीड ठुलो भएका कारण त्यहाँ सहजै मानिस बाहिर निस्किन सक्ने अवस्था थिएन । धेरै मानिस एकैठाउँ जम्मा भएपछि सास फेर्न गाह्रो भयो । अक्सिजनको अभाव थियो र त्यसकै कारण पनि धेरैको ज्यान गयो ।’ एक अधिकारिले भने ।

इन्डोनेसियाली फुटबल संघ ९पिएसएसआइ०ले सो घटनाले ‘इन्डोनेसियाली फुटबलको अनुहार कलंकित गरेको’ भन्दै अनुसन्धान सुरु गरेको बताएको छ । यस्तै, शीर्ष लिग बीआरआई लिगा १ एक साताका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस