मोरङ । क्षयरोग रोगको उपचारका क्रममा रहेका झापा कारागारका दुई कैदीबन्दी भएका छन्। विराटनगरस्थित क्षयरोग निवारण संस्थामा उपचारमा रहेका मञ्जील गुरूङ र राजकुमार हेमरन शनिबार बिहानदेखि फरार भएको जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए।
झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उनीहरु क्षयरोग लागेर उपचारका लागि भदौ र असारमा भर्ना भएका थिए ।भगतका अनुसार झापा गाउँपालिका–३ का गुरूङ लागुऔषध मुद्दामा पुर्पक्षमा थुनामा थिए । २०७५ सालमा पक्राउ परेका उनलाई २०७८ कात्तिक ५ गते थुना आदेश भएको थियो। त्यसैगरि, हेमरन जबरजस्ती करणी मुद्दाका कैदी हुन् ।
झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले फरार कैदीको खोजी भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असोज २०७९, १५ : ४२
लेखकबाट थप