युक्रेनको चार क्षेत्र रुसमा गाभिएको पुटिनको घोषणा

एजेन्सी

शुक्रबार, १४ असोज २०७९, २० : ३०
युक्रेनको चार क्षेत्र रुसमा गाभिएको पुटिनको घोषणा

एजेन्सी ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा रहेको युक्रेनका चार क्षेत्र रुसमा गाभिएको घोषणा गरेका छन् ।पुटिनले शुक्रबार सम्बोधनको क्रममा युक्रेनका चार क्षेत्र रुसमा गाभिएको र अब उपरान्त ती क्षेत्र रुसको भाग रहेको घोषणा गरेका हुन् । उनले डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिजझियालाई रुसमा गाभेको बताएका हुन् ।

आक्रामक सम्बोधनमा पश्चिमा राष्ट्रको विरोध गर्दै स्थानीय बासिन्दाले गरेको निर्णयअनुसार रुसमा गाभिएको दाबी गरे । रुसले केही दिन पहिले ‘जनमतसंग्रह’ गरेको थियो ।

त्यसमा सहभागीमध्ये अधिकांशले रुसमा गाभिने पक्षमा मत दिएको दाबी रुसको थियो । सो जनमतसंग्रहलाई युक्रेन तथा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले आधिकारिकता प्रदान गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस