काठमाडौं । नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री प्रदान गरिइको छ । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।
प्रहरी नायव महानिरीक्षक कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने उक्त अवसरमा जानकारी दिए ।
कार्यक्रममा महाशाखाका निर्देशक डा.चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरे÷नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
भुपेन्द्र खत्री सहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बाक्लो हिउँ परेपछि सिमकोट सर्यो लिमी प्रहरी चौकी
चितवनका ३ ईन्सपेक्टरको सरुवा
प्रहरीको ८५ नयाँ सवारीसाधन खरिद प्रक्रिया अघि बढ्यो