काठमाडौं ।अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।
प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।
यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।
तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ असोज २०७९, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा विस्फोट हुँदा एक महिलाको मृत्यु
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
इजरायलको तेल अभिभमा तीन वटा बसमा विस्फोट
ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु