सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

शुक्रबार, १४ असोज २०७९, ०७ : ५०
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रयास हुनेछ । 

गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिटबाँडफाँट करिब टुंगिसकेको छ । केही क्षेत्रमा भने दलहरुको दोहोरो दाबी रहेपछि मिल्न सकेका छैन ।

ती क्षेत्रहरुको विषयमा गठबन्धनको बैठकले अन्तिम रुप दिने एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस