काठमाडौं । मुलुकभर डेंगु रोगीको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा डेंगु रोगीको संख्या २७ हजार ५६९ पुगेको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु रोग फैलिएको छ ।
हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा २१ हजार ५८९ जनामा डेंगु देखिएको छ ।त्यस्तै, लुम्बिनी प्रदेश ३ हजार ५० जना, सुदूर पश्चिममा ८२१ जना, प्रदेश १ मा ८१५ जना, गण्डकीमा ६५३ जना, मधेश प्रदेशमा ४०५ जना र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै मुलुकभर डेंगुका कारण ज्यान गुमाउनेको संख्या ३६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि
चितवनमा डेंगु सङ्क्रमण घट्दो क्रममा
गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु