हिमेश पन्त धादिङको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, १५ : १५
हिमेश पन्त धादिङको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने

काठमाडौं । कमेडी च्याम्पियन हिमेश पन्त पनि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हिमेशले धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा हिमेशका नाम सिफारिस गरेको हो । हिमेशको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।रवि लामिछाने नेतृत्वको उक्त पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस