विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ मा ७ वर्षीया नाबालिकामाथि मंगलबार साँझ यौन दुर्व्यवहार भएको छ ।
लेटाङ–२ का २१ वर्षीय विशाल रम्तेलले मंगलबार साँझ दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मदिरा सेवन गरेर नाबालिकालाई यौन दुर्व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले रम्तेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असोज २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल यौन दुर्व्यवहार कसुरमा दोषी ठहर
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बालिका यौन दुर्व्यवहारको आरोपमा मदन राई दोषी ठहर