सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँड टुंग्याउन दबाब

सफल खबर संवाददाता

बुधबार, १२ असोज २०७९, ०७ : ४८
सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँड टुंग्याउन दबाब

काठमाडौं । चुनावका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा सत्ता गठबन्धन सिट बाँडफाँडको टुंगो लगाउन दवावमा रहेको छ ।

लामो समयदेखि शीर्ष तह र कार्यदलमा गठबन्धन दलहरुबीच छलफल चल्दै आएपनि ठोस सहमति भइसकेको छैन ।  यही क्रममा बुधबार पनि गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सात वटै प्रदेशको सिट बाँडफाँट टुंगो लगाउन प्रयास हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस