नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुँदै

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, १९ : ५४
नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुँदै

काठमाडौं । २४ र २५ असोजमा नेपालमै पहिलो पटक ‘नेपाल ग्रिन हाइड्रोजन समिट (एनजीएचएस) हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो समिट हुन लागेको हो ।

एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, र्ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते अर्थात् अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

ताहाचलस्थित होटल सोल्टी काठमाडौंमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलन स् पग्लिंदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको छ ।

प्रतिक्रिया दिनुहोस