सिट बाँडफाँड गर्न सत्ता गठबन्धन दलहरुको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, ०९ : ४७
सिट बाँडफाँड गर्न सत्ता गठबन्धन दलहरुको बैठक बस्दै

काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि जारी छ ।

बैठक बिहान ८ बजेदेखि जारी रहेको हो । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न नेताहरूले छलफल गरेका हुन् । 

असोज २३ गते मनोनयन  दर्ता हुने भएकाले अगाडि नै सहमति जुटाएर सिट बाँडफाँडको टुंगो लगाउनुपर्ने  बाध्यता दलहरूलाई छ ।

गठबन्धनमा रहेका दलहरूले असोज १६ गतेभित्रमा नै  सिटको टुंगो लगाइसक्ने दाबी गर्दै आएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस