आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा  वर्षाको सम्भावना

सफल खबर संवाददाता

मंगलबार, ११ असोज २०७९, ०७ : ५५
आजको मौसम : प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा  वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एकरदुई स्थानमा  हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली  रहनेछ।  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती  देशभर आंशिकदेखि सामान्य  बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको 

प्रतिक्रिया दिनुहोस