नागरिकलाई नागरिकताबाट बञ्चित गर्ने पार्टीमा बसिरहन मेरो नैतिकताले साथ दिएन: गंगााराम यादव

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १६ : २८
नागरिकलाई नागरिकताबाट बञ्चित गर्ने पार्टीमा बसिरहन मेरो नैतिकताले साथ दिएन: गंगााराम यादव

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन्।

सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन्।एमाले पार्टी वैचारिक र सैद्धान्तिक रूपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए।

एमालेकै कारण लाखौँ मधेसीका सन्तान नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिताबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकताले साथ दिएन र पार्टी परित्याग गरेको छु।’

उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न भने चाहेका छैनन्। स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रूपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस