मनास्लु आधार शिविरमा हिमपहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १५ : १३
मनास्लु आधार शिविरमा हिमपहिरो, एक दर्जन पर्यटक हराएको अनुमान

काठमाडौं । मनास्लु हिमालमा सोमवार बिहान हिउँपहिरो गएको छ ।चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिउँपहिरो जाँदा एक दर्जन पर्यटक हराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

आरोहणको सिजन भएकोले आधार शिविरमा करिब ५ सय जना आरोही तथा सहयोगी पुगेका थिए । यद्यपि मानवीय क्षति पुष्टि भैसकेको छैन । खोजी र उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ । 

उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर आधार शिविरमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस