कोटीहोम आश्रम गैँडाकोटमा गुरुकुल भवनको शिलन्यास, ७ करोडको लागतमा १६ कोठाको भवन बन्ने

प्रकाश सिग्देल

सोमबार, १० असोज २०७९, १४ : ५६
कोटीहोम आश्रम गैँडाकोटमा गुरुकुल भवनको शिलन्यास, ७ करोडको लागतमा १६ कोठाको भवन बन्ने

चितवन । राष्ट्र गुरु योगी नरहरी नाथ श्री सिद्धि दात्री दुर्गा मन्दिर कोटीहोम आश्रम गैँडाकोटमा गुरुकुल भवनको शिलन्यास भएको छ । ७ करोडको लागतमा निमार्ण हुन लागेको भवनको गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भत्त अधिकारी र उपप्रमुख शान्ति कोईरालाले शिलन्यास गरे । त्यहाँ १ तले १६ कोठाको भवन निमार्ण हुने छ । त्यस्तै गैरे परिवारले २५ लाख लागतमा १ वटा धर्मशाला समेत निर्माण गर्ने जनाइएको छ । सो अवसरमा दुर्गा पुजा समेत गरिएको थियो ।

कोटीहोम आश्रममा समावेसी गुरुकुल निर्माण गरि कक्षा संचालन गरिएको छ । गुरुकुलमा २२ जना बटुकले आवासिय रुपमा पढ्दै आएका छन् । राष्टगुरु योगी नरहरी नाथको योजना अनुसार सबै जातजातिका बालकहरुलाई यहाँ राखेर संस्कृत सहित आधुनिक शिक्षा पढाउने गरिएको छ । गुरुकुलमा अहिले कक्षा ७ सम्म पढाई हुने गरेको आश्रमका पिठाधिस योगी खेचर नाथले बताए । 

कार्यक्रममा गैडाकोट १० का वडा अध्यक्ष  देबि दक्त कंडेल , पुर्व प्रधान पन्च हरिराज गौतम, नेपाल सरकारका पुर्व सह सचिव लक्ष्मिशरण घिमिरे लगाएतले यो भुमीमा आध्यात्मिक शक्ति रहेकाले यसको विकास गरेर यसलाई देशकै महत्वपुर्ण तिर्थस्थल बनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा आश्रमका संरक्षक शान्त प्रसाद पोखरेलले राष्ट्रगुरुको भावना अनुसार राजा र देश चल्न नसक्दा देशमा राजतन्त्रको समाप्ती भएको बताए । मानिसमा धार्मीक संस्कार संस्कृति हराउदै जादा त्यसले समाज र राष्ट्रमा बिचलन आएको उनको भनाई थियो ।

त्यस्तै देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष तथा बागेश्वरी आध्यात्मिक परिषदका पुर्व अध्यक्ष पौडेलले राष्ट्रगुरु योगी नरहरीनाथमा अथाहा ज्ञान र क्षमता रहेकाले उहाँले सिकाएको बाटो अनुसरण गर्न सके देशले सहि मार्ग फेला पार्ने बताए । पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु एक पटक यहाँ झरेर दर्शन गर्ने पबित्र स्थलका रुपमा यसलाई विकास गर्न आवस्यक रहेको पौडेल बताउँछन् ।

यस स्थानमा राष्ट्र गुरु योगी नरहरी नाथले ३४ औ कोटी होम लगाएका थिए । मन्दिरका अध्यक्ष मनोहरी कंडेलले गुरुले केटिहोम गरेको पबित्र भुमी भएकाले यो भुमिको विकास गरी यसलाई धार्मीक केन्द्रका रुपमा विकास गर्न आवस्यक रहेको बताए । त्यसका लागि सबैको सहयोगको खाचो रहेको उनि बताउँछन ।  आश्रममा नौ मुठे गाई संरक्षण गरेर राखिएको छ ।  

 

 

 

प्रतिक्रिया दिनुहोस