शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने, ३ दिने आन्दोलन घोषणा

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, १२ : ५४
शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने, ३ दिने आन्दोलन घोषणा

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार बसेको शेखर समूहको बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ । १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस