इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

सफल खबर संवाददाता

सोमबार, १० असोज २०७९, ११ : ४३
इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।

जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ । 

प्रतिक्रिया दिनुहोस