काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ ।आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
अध्यक्ष तिमल्सिनाको निजी सचिवालयले गत बिहीबार प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । यसमा आयोगले निर्वाचित संसदको कार्यकाल आफुले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिने आयोगको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची