काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ ।आयोगले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
अध्यक्ष तिमल्सिनाको निजी सचिवालयले गत बिहीबार प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । यसमा आयोगले निर्वाचित संसदको कार्यकाल आफुले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यास बमोजिम निश्चित हुने हुँदा सोही बमोजिम हुन अनुरोध गरिने आयोगको पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै