कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट विदाइ

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १९ : ४६
कामु प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट विदाइ

काठमाडौं । सर्वोच्च अदालतले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आइतबार विदाइ गरेको छ । दुई दिनपछि कार्की विदेश भ्रमणमा जाने र पदावधि सकिँदासम्म स्वदेश नफर्कने भएकाले आइतबार नै सर्वोच्च अदालतले उनको विदाइ गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आइतबार कामू प्रधानन्यायाधीश कार्कीको विदाइ भएको पुष्टि गरे । ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामू प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतबाट अवकाश हुँदैछन् ।

दुई दिनपछि कार्की विदेश भ्रमणमा गएमा स्वतःवबरिष्ठतम न्यायाधीशका हैसियतले हरिकृष्ण कार्की नयाँ कामू प्रधानन्यायाधीश हुनेछन् ।महाभियोग प्रस्ताव दर्ता भएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हाल निलम्बनमा छन् । आगामी २७ मंसिरमा उनको पदावधि सकिन्छ । त्यसपछि मात्रै नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस