चितवन । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ ।सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।
चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए ।अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १३ : ४०
लेखकबाट थप