लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण सरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए । पदमार्गमा भदौ अन्तिमसाता देखि चहलपहल बढेको हो ।
पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मलाई मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।
बेशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढे
अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक
अन्नपूर्ण क्षेत्रका पदमार्गमा घट्यो आकर्षण
अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटक भित्रिए
अन्नपूर्ण पदमार्गबाट एक सातामा फर्किए पाँच सय ८१ पर्यटक
अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक