काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले यो वर्षको दसैंभरी मनसुन सक्रिय हुने प्रक्षेपण गरेको छ । अहिलेको मनसुनी गतिविधिलाई अवलोकन गर्दा तत्काल मनसुन बाहिरिने अवस्था नहरेको मौसम विद् राज प्रधानाङ्गले बताए ।
‘अहिलेसम्म मनसुनी गतिविधिलाई मसिनो गरी अवलोकन गर्दा दसैंभरी मनसुन रहने स्थिति देखिन्छ’ रातोपाटीसँग कुरा गर्दै प्रधानाङ्गले भने, ‘तर मध्य मनसुनको जस्तो निरन्तर झरी र वर्षको सम्भावना कम हुन सक्छ । यद्यपि मनसुन भने कायमै हुने अवस्था छ ।’
सोमबारदेखि दशैंको घटस्थापना सुरु भएकाले उपत्यकासहित विभिन्न ठाउँमा घर फर्किने यात्रुलाई वर्षा, बाढी र पहिरोले दुःख दिने देखिएको छ । यो वर्ष असोज दोस्रो सातादेखि नै सुरु भएपछि मनसुनका कारण हिले दसैं हुने भएको हो । समान्यतया मनसुन हरेक वर्ष अक्टोबर २ मा नेपालबाट बाहिरिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै