काठमाडौं । रुरु जलविद्युत आयोजनाले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर बाँकी ०.५२ प्रतिशत नगद लाभांश छ । नगद लाभांश कर प्रयोजनको लागि हो ।
गत शुक्रबार बसेको कम्पनीको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको निर्णय नियामक निकायबाट स्वीकृत भएर वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।
कम्पनीले आफ्नो १७ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । आगामी कात्तिक ४ गते वार्षिक साधारणसभा गर्ने निर्णय कम्पनीको संचालक समितिले गरेको हो । वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीको सेयरधनी पुस्तिका तथा सेयर दाखिला खारेजीको कार्य असोज २७ गते बन्द हुनेछ । अर्थात असोज २६गतेसम्म कायम सेयरधनीले मात्रै वार्षिक साधारणसभा भाग लिन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ असोज २०७९, १० : २५
लेखकबाट थप