सत्तारुढ दलहरुसँग आगामी निर्वाचनमा एमालेसँग एक्ला–एक्लै भिड्ने हैसियतनै छैन : टोपबहादुर रायमाझी

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, २० : ०८
सत्तारुढ दलहरुसँग आगामी निर्वाचनमा एमालेसँग एक्ला–एक्लै भिड्ने हैसियतनै छैन : टोपबहादुर रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरुसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला–एक्लै भिड्ने हैसियतनै नभएको दाबी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि बताए । नेकपा (एमाले) अर्घाखाँची–काठमाडौं सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहो¥याए ।

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी÷विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए ।
उनले भने, ‘नेकपा (एमाले)सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यक्ता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन । गठबन्धन गरेपनि उनीहरुलाई सजिलो छैन ।’