डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, १६ : २३
डा. गोविन्द केसीकाे समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।बृहत नागरिक आन्दोलनले आज शनिबार दिउँसो प्रदर्शन गरेको हो । प्रदर्शनमा लेखक खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती लगायतकाे उपस्थिति रहेकाे थियाे ।

उहाँहरूले गेटामा स्वास्थ्य सेवा कहिले सुरु हुन्छ, ‘खल्तीबाट नियुक्ति नियम–कानून खै, उपचार गर्न कहिलेसम्म काठमाडौं धाउनु पर्ने र माफियाको मिसन सिटामोलको कमिसन लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

डा. केसी १३ दिनदेखि अनशनरत थिए । उनले कैलालीको धनगढीमा गत भदौ २७ गतेदेखि २० औं अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनी आफ्नै खर्चमा काठमाडौं फर्किएका छन ।

अहिले अनशनकै क्रममा उहाँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस