काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’
संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए ।
प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन । यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’, प्रचण्डले भने, ‘उनीहरु (प्रचण्ड र बाबुराम) एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ यग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’
प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डले बताए ।
आफ्नो र बाबुरामको बानी व्यवहार आपसमा नमिल्ने भन्दै प्रचण्डले दुबै एक ठाउँमा हुँदा एउटाको अभाव अर्कोले पूर्ति गर्ने गरेको बताए ।‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेकाछौं । बढी भए एक दशक’ उनले भने, ‘एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताबाट फ्याँकिएका मान्छेले चुनावबारे भ्रम छर्दैछन्: प्रचण्ड
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
निर्वाचन क्षेत्रमा प्रचण्डको १५० घण्टा
प्रचण्डको सिस्नेमा मर्निङ वाक : सहिदका प्रतिमामा माल्यार्पण र स्थानीयको घरमा खाजा
प्रचण्ड : ‘टुरिष्ट’ होइन, ‘कर्मभूमि’ का उम्मेदवार
चुनबाङ पुगेर प्रचण्डले भने- यही बसेर ढाडमा टेकेर टाउकोमा हान्ने नीति बनाइन्थ्यो