कैलाली । सुन्दा अचम्म लाग्छ । शहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर ।
सुदूरपश्चिम प्रदेशको गोदावरीमा मालाखेती अस्पताल छ । प्रदेशको स्थायी राजधानी गोदावरीमै रहेको अस्पतालको क्षेत्रभित्र मोबाइल फोनको नेटवर्कले काम नै गर्दैन ।
अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको गुनासो गर्छन् । अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्यता छ ।
अस्पतालका कार्यालय प्रमुख डा। अम्रेश कोइरालाले अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताए । अन्य कर्मचारीको गुनासो छ, ‘जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ ।’
अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीय नरेश महरा बताउँछन् ।
नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्ल भन्छन्, ‘अस्पतालबाट ५०० मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुनसक्छ । कार्यालयभित्र केको समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असोज २०७९, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर