काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीको विकासका लागि वाम एकता अपरिहार्य रहेको बताएका छन्।काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए।
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए। सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाइ छ। उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा व्यक्त गरे।
देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छे प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे।नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्रअन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाइ छ।
प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पुँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।उनले तीन खम्बे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको विकास गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ असोज २०७९, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड