अनसनरत भारद्धाजको माग पुरा गराउन धार्मिक अगुवाहरुले दिए नेपाल बन्द गर्ने चेतावनी

संघर्ष समिति गठन

प्रकाश सिग्देल

शुक्रबार, ०७ असोज २०७९, ०९ : १४
अनसनरत भारद्धाजको माग पुरा गराउन धार्मिक अगुवाहरुले दिए नेपाल बन्द गर्ने चेतावनी

चितवन । विश्व हिन्दु महासंघको नेतृत्वमा चितवनमा बसेको ३ दर्जन बढि धार्मीक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको भेलाले अनसनरत धाार्मीक अभियन्ता प्रेमनिधि भारद्धाजले सुरु गरेको आमरण अनसन प्रति एक्यबद्धता जनाउदै थप सघर्षका कार्यक्रम अगाडी बढाउने निर्णय गरेको छ । बिश्व हिन्दु महासंघका केन्द्रिय सदस्य टंकनाथ पौडेलको अध्यक्षतामा बसेको भेलाले भारद्धाजका माग पुरा गराउन आवस्यक परे १० औ हजार मानिस सडकमा उतारेर नेपाल बन्द समेत गर्न पछि नपर्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलनका कार्यक्रमलाई थप शसक्त बनाउने गरी बागेश्वरी आध्यात्मिक परिषदका संरक्षक शान्त प्रशाद पोखरेलको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । जसको सहसंयोजकमा प्रेम प्रसाद गैरे,अनिता खरेल,हिरालाल कंडेल,चेतराज कंडेल, राजु भट्राई,सुर्यबहादुर कार्की,प्रेमकुमारी तामागं र ममता शर्मा न्यौपाने रहेका छन् । त्यस्तै प्रवक्तामा धुर्व राज मिश्र, सचिवमा ईश्वरी प्रसाद खराल, सहसचिवमा राम प्रसाद ओस्ती, कोषाध्यक्षमा जिवलाल पुरी रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् । 

त्यस्तै बरिष्ठ समाजसेवी टंकनाथ पौडेल प्रमुख सल्लाहकार, बागमती प्रदेश निर्वतमान संसद बिजय सुबेदी, बरिष्ठ समाजसेवी उमाशंकर अग्रवाल, बुद्धिसागर भण्डारी, शालिकराम सापकोटा, रमेशबाबु ढकाल, रुद्र प्रसाद पौडेल, मोहन बिक्रम शाह, गौर गोबिन्द दास, मनोहरी कंडेल, बिष्णु प्रसाद न्यौपाने र भेषराज दुवाडी सल्लाहकार रहेका छन् । 

संघर्षको पहिलो चरणका कार्यक्रम अन्र्तगत यहि ९ गते चितवनमा बिशाल प्रर्दशन गर्ने कार्यक्रम तय भएको प्रमुख सल्लाहकार टंकनाथ पौडेलले बताए । प्रर्दशनमा ५ हजार बढीको सहभागिता हुने उनले बताए । यहि १ गते देखी आमरण अनसन बसेका भारद्धाजको अवस्था गम्भिर बन्दै जान थालेको छ । ७ औं दिन सम्म पनि स्थानिय सरकार तथा प्रशासनले उनका माग सम्बोधन नगरेको प्रति धार्मीक अभियन्ता तथा राजनितिक दलका प्रतिनिधिहरुले आपत्ती जनाएका छन् । 

काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भारद्धाजका माग सरकारले सम्बोधन गरी नागरिकको जिवन रक्षा गर्नु पर्ने बताए । त्यस्तै एमालेका नेता तथा प्रदेश पुर्व संसद बिजय सुबेदीले भारद्धाजका स्थानिय मागहरु स्थानिय सरकारले सहजै पुरा गर्न सक्ने खालका भएकाले तत्कालै पुरा गर्नु पर्ने बताए । आजका दिन सम्म पनि माग सम्बोधन नहुनु गम्भिर भएको उनले बताए ।  भारद्धाजका माग सम्बोधन गरी अनसनबाट उठ्ने बातावरण बनाउन सुबेदीको आग्रह छ ।

अवस्था अहिले जटिल बन्दै गएपछि भारद्धाजलाई चिकित्सकको टोलिले स्लाईन लगाएर राखेको छ ।  खैरहनी नगर अस्पताल प्रमुख डा. प्रशान्त कंडेल नतृत्वको टोलीले उनको स्वास्थ्यको नियमित निगरानी गरेको छ ।  भारद्धाजको शरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको, युरिक एसिड बढ्नुका साथ साथै रगतमा उच्च जन्डिस देखिएको डा. कंडेलले बताए । अनसनरत भारद्धाजलाई रिंगटा लाग्ने र शारिरिक कम्जोरी सुरु भएको डा कंडेल बताउछन् ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने , नदीहरुमा  ब्यवस्थित घाट निमार्ण गर्नुपर्ने लगायतका राष्ट्रिय मागहरु राखिएका छन् ।  त्यस्तै आरती स्थलको ब्यवस्था गर्नु पर्ने, गुरुकुल तथा मठ मन्दिर आश्रममा बसेर पढ्नेहरुका लागी छात्रबृति दिनु पर्ने , नियमित आरतीका लागी बजेट दिनु पर्ने लगाएतका स्थानिय माग रहेका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस