काठमाडौं । धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन ।
आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ असोज २०७९, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु