इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

एजेन्सी

विहीबार, ०६ असोज २०७९, १२ : ५६
इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता

एजेन्सी । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ ।दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उहाँहरुका बीचमा भेटवार्ता भएको हो ।

जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उहाँहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गर्नु भएको थियो । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उहाँहरुका बीचमा छलफल भएको जनाइएको छ ।उहाँहरुले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत गर्नुभएको थियो ।

दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युताउने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस