प्रेमनिधी कंडेलको जिवन रक्षाका लागि धार्मिक अभियान्ताको माग

बाढीले बिगारेको नदी किनार कालिका कन्ट्रक्सनले सम्मो बनायो

प्रकाश सिग्देल

बुधबार, ०५ असोज २०७९, १९ : ५९
प्रेमनिधी कंडेलको जिवन रक्षाका लागि धार्मिक अभियान्ताको माग

चितवन । नारायणी नदी किनारमा अनसनरत धार्मीक अभियान्ता प्रेमनिधी कंडेलको जिवन रक्षाका लागिधार्मीक अभियान्ताहरुले अपिल गरेका छन् । ५ औ दिन सम्म आईपुग्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि चितवन तथा जिल्ला बाहिरका अगुवाहरुले सरकारसंग अनसनरत भारद्धाजका मागलाई सम्बोधन गरी उनको जिवनरक्षाको माग गरेका हुन् ।

नारायणी नदी किनारमा अनसनरत धार्मीक अभियान्ता प्रेमनिधी कंडेल भारद्धाजकोे स्वास्थ्य अवस्था क्रमिक रुपमा कमजोर हुदै जान थालेको छ । अनसनको ५ दिन सम्म आईपुग्दा स्वास्थ्यमा समस्या देखिन थालेको उनका चिकित्सक  खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेलले बताए  । डा प्रशान्त कंडेल र डा शैरब श्रेष्ठले उनको स्वास्थ्यको नियमित निगरानी गरिरहेका छन् । शरिरमा गुल्गोजको मात्रा र सोडियमको मात्रा घटेको , युरिक एसिड बढ्नुका साथ साथै रगतमा उच्च जन्डिस देखिएका डा कंडेलले बताए । अनसनरत भारद्धाजलाई रिंगटा लाग्ने र शारिरिक कमजोरी सुरु भएको डा कंडेल बताउँछन् । भारद्धाजले भने आफुले उपचार लिन नमानेको उनका सहयोगी धार्मिक अभियान्ता धुर्वराज मिश्रले बताए ।  भारद्धाज यहि १ गते देखि आमरण अनसनमा बसेका छन् । आज सम्म उनका माग सम्बोधनका लागी सरकारी निकायले कुनै प्रकारको प्रयास गरेको छैन् । कंडेलले धर्म संस्कार र संस्कृति रक्षाका लागि मर्न तयार रहेको बताएका छन् । नदी किनारमा अनसन र आरतीस्थल व्यवस्थापनका लागि काम भएको छ ।  बाढिले बिगारेको नदी किनारलाई कालिका कन्टक्सनले २ वटा डोजर मार्फत सम्मा ेबनाएर आरतीगर्ने ठाउँ र अनशन स्थल व्यवस्थापनमा सहयोग गरेको हो ।  

उनको अनसन प्रति गोरखनाथ अखड गोरखपुरका मठाधिस योगि शिवनाथ , बिश्व हिन्दु महासंघ नेपाल वरिष्ठ उपाध्यक्ष शंकर खराल ,कस्यप आश्रम देवघाट संयोजक कमल प्रसाद अधिकारी , कांग्रेस जिल्ला कार्यसमिति सदस्य  जगन्नाथ न्यौपाने , सारदा पौडेल , ब्राह्मण समाज नेपाल चितवन  सह सचिव देवराज सापकोटा, हिन्दु अभियान्ता पर्शुराम देवकोटा, राष्ट्रिय शक्ति नेपाल सचिव झलक राज पौडेल, ब्राह्मण समाज नेपालबाट रामप्रसाद पोखरेल, हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका जिल्ला संयोजक लक्ष्मण कंडेल,  बिरेन्द्र बहुमुखि क्याम्पस सहप्राध्यापक दामोदर रिजाल,   अन्तर धार्मिक समिति सिराह अध्यक्ष सुशील चन्द्र अधिकारी,  पतन्जलि योग पिठ चितवन अध्यक्ष रमेश बाबू ढकाल  , काग्रेस जिल्ला सचिव धुर्व राज अर्याल , नेपाल दशनामि समाज चितवन अध्यक्ष जिवलाल पुरी र्, नेपालका लागि नेपाली पार्टीकी यम माया आचार्य, नेपाल आयुर्वेद औषधी व्यवसायि संघ केन्द्रिय सदस्य बाबुराम भट्ट , विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष प्रेम प्रसाद गैरे , हरिहर सन्यास आश्रम कोषाध्यक्ष  ब्रमहाचारी स्वामी सुवास चैतन्य , प्रमानन्द संस्कृत छात्र परिषद कोषाध्यक्ष शिव प्रसाद कंडेल,  ओम कारेश्वर मन्दिर अध्यक्ष ,लक्ष्मि भट्ट , राष्ट्र स्वयमसेविका नेपाल राष्ट्रिय प्रभारी उर्मिला ढकाल , बिश्व हिन्दु परिषद् नेपाल चितवन अध्यक्ष नन्दमोहन अधिकारी , मालिका मन्दिर अध्यक्ष महाप्रसाद सिलवाल, ब्राहमण समाज अध्यक्ष रुद्र पौडेल, पतन्जलि केन्द्रीय सदस्य राम प्रसाद वस्ति, ब्यासाचार्य स्वामी किशोर गौतम, 

बिश्व हिन्दु परिषद केन्द्रीय उपाध्यक्ष हिरालाल कंडेल,  बैकुण्ठनाथ प्रम बैधिक बिदा परिषदका प्राचार्य  माधव सापकोटा, त्रिचोक भगवती मन्दिर,का राम प्रसाद अधिकारी ,डा प्रशान्त कंडेल, प्रमुख खैरहनि नगर अस्पताल खैरहनि प्रमुख डा। प्रशान्त कंडेल,बैष्णव परिषद चितवन कोषाध्यक्ष पबित्रा सापकोटा, जेष्ठ नागरिक संघ भरतपुर  ११ अध्यक्ष खेमराज पोख्रेल, ईस्कोनका सचिव गौर गोबिन्द प्रसाद दास, उद्योग बाणिज्य संघ सदस्य कृष्ण खरेललगाएतले एकिवद्धता जनाएका छन् । सयौको संख्यामा आम सर्वसाधारणहरुको पनि सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस