काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी ९जसपा० ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान र संसदीय प्रणालीमाथि प्रहार भएको बताएको छ।
नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधान र संसदीय प्रणालीमाथि प्रहार गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए। ‘प्रतिनिधिसभाले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक पनि अस्वीकार गरेर राष्ट्रपतिले संविधान र संसदीय प्रणालीमाथि प्रहार गर्नुभएको छ’, उनले सेतोपाटीसँग भने, ‘यस विषयमा हामी गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिनेछौँ।’
संविधानको धारा ११३ को उपधारा ३ अनुसार अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचारको आवश्यकता ठानेमा प्रतिनिधिसभामा १५ दिनभित्र फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छ। तर दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक अस्वीकार गर्ने छुट राष्ट्रपतिलाई छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असोज २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छ : अध्यक्ष यादव
‘पहिचानमा आधारित संघीयता समावेशी र सशक्त राष्ट्र निर्माणको आधार हो’: उपेन्द्र यादव
उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल
कांग्रेस र कम्युनिष्ट मिलेर बनेको सरकार असफल : उपेन्द्र यादव
होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्छ : अध्यक्ष यादव
नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन सक्दैन : उपेन्द्र यादव