अनसनरत भारद्धाजमा स्वास्थ्य समस्या सुरु, तत्काल उपचार नगरे जे पनि हुन सक्ने

प्रकाश सिग्देल

मंगलबार, ०४ असोज २०७९, २० : २८
अनसनरत भारद्धाजमा स्वास्थ्य समस्या सुरु, तत्काल उपचार नगरे जे पनि हुन सक्ने

चितवन । नारायणी नदि किनारमा अनसन रत धार्मीक अभियान्ता प्रेमनिधि कंडेल भारद्धाजकोे स्वास्थ्य अवस्था क्रमिक रुपमा कमजोर हुदै जान थालेको छ ।अनसनको ४ दिन सम्म आईपुग्दा स्वास्थ्यमा समस्या देखिन थालेको उनका चिकित्सक खैरहनी नगर अस्पताल प्रमुख डा प्रशान्त कंडेलले बताए  ।डा प्रशान्त कंडेल र डा शैरब श्रेष्ठले उहाको स्वास्थ्यको नियमित निगरानी गरिरहेका छन् । सरिरमा गुल्कोजको मात्रा र सोडियमको मात्रा घटेको , युरिक एसिड बड्नका साथ साथै रगतमा उच्च जन्डिस देखिएको । डा कंडेलले बताए । अनसन रत भारद्धाजलाई रिगटा लाग्ने र शारिरिक कम्जोरी सुरु भएको डा कंडेल बताउछन् । असनरत भारद्धाजलाई सलाएन चडाउनु पर्ने अवस्था देखिएको उनले बताए । भारद्धाजले भने आफुले उपचार लिन नमानेको उहाका सहयोगी धार्मीक अभियान्ता धुर्वराज मिश्रले बताए ।  भारद्धाज यहि १ गते देखि आमरण अनसनमा बसेका छन् । 

आज सम्म उनका माग सम्बोधनका लागी सरकारी निकायले कुनै प्रकारको प्रयास गरेको छैन् । कंडेलले धर्म संस्कार र संस्कृति रक्षाका लागी मर्न तयार रहेको बताएका छन् । अनसन स्थलमा साधु सन्त माहात्मा सर्वसाधारणहरुले  सहभागिता र एकिवद्धता जनाउने क्रम बढेको छ । बाहिरी जिल्लाबाट समेत सर्वसाधारणहरु अनसन स्थलमा आएका छन् । 

नेताहरुले जनताको सुझाबलाई लत्याएर बिदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको भन्दै कुनै पनि हालतमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने सन्तहरुको माग रहेको छ ।  नदी किनारमा आयोजित आमरण अनसनमा सबै ओमकार परिवारले  साथ दिएका छन् । आमरण अनसनलाई धार्मीक संघ संस्था बिभिन्न राजनितिक दलका प्रतिनिधि धार्मिक अभियान्ताहरुले एक्किवद्धता जनाउने क्रम बढेको छ ।माग पुरा नभए आफु मर्न तयार रहेको तर अनसन तोड्न तयार नहुने अनसनरत प्रेमनिधी कंडेल भारद्धाजले बताएका छन् । तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताए ।भारद्धाजकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ ।

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने , नदि हरुमा  ब्यवस्थित घाट निमार्ण गर्नु पर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस