नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डायोनमिक क्युआर सिस्टम

सफल खबर संवाददाता

मंगलबार, ०४ असोज २०७९, १५ : १९
नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डायोनमिक क्युआर सिस्टम

काठमाडौं। नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवा सँगको सहकार्यमा Dynamic QR Payment System संचालनमा ल्याएको छ ।

आइतबार दिउँसो यस इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका हुन ।

नेसनल सेल्स हेड उमापति पोखरेलले Dynamic QR को माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरे ।यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स Dynamic QR Payment System सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी बनेको छ ।

अब नेपाल लाइफकादेशै भरिका शाखा तथा उपशाखाहरूबाट Dynamic QR को माध्यमबाट भुक्तानी गर्न सकिने छ । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने जनाए ।

Dynamic QR Payment System को माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ ।अरु छेत्रमाDymanic QR  पहिले देखि नै प्रचलनमा भएपनि जीवन बीमा छेत्रमा भने यो नयाँ अभ्यास हो ।

हरेक ग्राहकको लागि फरक फरक क्यूआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो । कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलोे नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरे ।