काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०३ असोज २०७९, २० : १५
काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

काठमाडौं । काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकैमा गोली चलेको छ । घटनास्थलमा गोली लागेर एक जना घाइते भएको बताइएको छ ।

घाइतेको टिचिङ अस्पतालमा उपचार भइरहेको बताइएको छ । कस्ले र के कारणले गोली चल्यो त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस