संबिधान दिवसका दिन हिन्दुवादिले लगाए संबिधान बिरोधी नारा,माग पुरा नभए प्राण त्याग्ने  भारद्धाजको चेतावनी

प्रकाश सिग्देल

सोमबार, ०३ असोज २०७९, १९ : ३०
संबिधान दिवसका दिन हिन्दुवादिले लगाए संबिधान बिरोधी नारा,माग पुरा नभए प्राण त्याग्ने  भारद्धाजको चेतावनी

चितवन  । संबिधान दिवसको दिन हिन्दु अभियान्ताहरुले संबिधानको बिरुद्धमा बिरोद्ध.र्याली निकालेका छन् । चितवनका धार्मीक संघ संस्थाको आयोजनामा नारायणगढ बजारमा र्याली निकालिएको हो । बैकुन्ठनाथ मन्दिर लंकुका पिठाधिस स्वामी जगन्नाथ शर्मा कंडेलको अगुवाईमा लायन्सचोकबाट निस्किएको र्यालीमा हिन्दुराष्ट्र कायम गर नेपालको संबिधान मान्दैनौ, हिन्दुराष्ट्र सहितको नयाँ संबिधान जारी गर लगाएतका नारा लगाईएका थिए ।

र्याली पुलचोक हुदै आमरण अनसन स्थन नारायणि नदी किनारमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।  र्यालीलाइ सम्बोधन गर्दै बैकुन्ठनाथ मन्दिर लंकुका पिठाधिस स्वामी जगन्नाथ शर्मा कंडेलले नेताहरुले जनताको सुझाबलाई लत्याएर बिदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको भन्दै कुनै पनि हालतमा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताए ।

अव सबै हिन्दुहरु जाग्नु पर्ने बेला आएको बताउँदै कंडेलले हिन्दुत्वको रक्षाका लागी उठ्न सबै हिन्दुहरुलाई आग्रह गरे । कार्यक्रममा मालिका मन्दिरका अध्यक्ष महाप्रसाद सिलवाल, धार्मीक ब्यतित्व हिरालाल कंडेल , धार्मीक अभियान्ता धुर्व मिश्र्र, दशनामी समाजका अध्यक्ष जिवलाल पुरी लगाएतले नेताहरुले आफ्नो स्वार्थका लागी जनताको भावनामा ब्रज्रपात गरेकाले अव सबै जागेर नेतालाई घरघरबाट लखेट्नु पर्ने बताए ।

नदी किनारमा आयोजित आमरण अनसनमा सबै ओमकार परिवारले  साथ दिनु पर्ने उनीहरुले बताए ।आमरण अनसनलाई धार्मीक संघ संस्था बिभिन्न राजनितिक दलका प्रतिनिधि धार्मिक अभियान्ताहरुले एक्किवद्धता जनाउने क्रम बढेको छ ।

माग पुरा नभए आफु मर्न तयार रहेको तर अनसन तोड्न तयार नहुने अनसन रत प्रेमनिधी कंडेल भारद्धाजले बताए ।यहि १ गते देखि नदी किनारमा भारद्धाज आमरण अनसन बसेका छन ।

तीव्ररुपमा धर्मान्तरण,संस्कार–संस्कृतिका सवालमा राज्य उदासिन बनेकाले दबाबका लागि अनसन सुरु गरिएको भारद्धाजले बताउनु भयो । भारद्धाजकै अगुवाईमा २०७६ देखि नारायणी नदी किनारमा महाआरतीहुदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागि भएका छन् ।  

सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस