सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा भएको विकास निर्माणका कामहरुको प्रशंसा गरेका छन् ।
सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै प्रशंसा गरेका हुन् ।
‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए ।
‘सगरमाथाको काखमा भएको तपाईको जिल्लामा सोलुखुम्बुबासीका निम्ती शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, उनले सोलुमा भएको विकासको मोडल संसारले हेर्ने बताए ।बाटोघाटोबाट नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडामात्रै ५ बर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । ‘साँच्चै संसारको सवैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिनुभएको छ’प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी