कमलनगरका बाख्री मासु पसल अनुगमन टोलीले गरायो बन्द ,उपभोक्ता हित संरक्षणमा खटिए वडा अध्यक्ष थापा

प्रकाश सिग्देल

आइतबार, ०२ असोज २०७९, १९ : ५७
कमलनगरका बाख्री मासु पसल अनुगमन टोलीले गरायो बन्द ,उपभोक्ता हित संरक्षणमा खटिए वडा अध्यक्ष थापा

चितवन । बर्षाै वर्ष देखि अव्बस्थित रुपमा संचालनमा आएका कमल नगरका बाख्रि मासु पसल भरतपुर महानगरपालिकाले बन्द गरेको छ । भरतपुर महानगरपालिकाका वडा नं३ का वडा अध्यक्ष विकास थापाको नेतृत्वमा कमलनगरमा पुगेको संयुक्त बजार अनुगमन टोलीले अबैद्ध रुपमा संचालनमा आएका सबै बाख्रि मासु पसल बन्द गराएको हो ।

पशु चौपाए बिक्री गर्न नपाईने कानुन हुँदाहुदै महानगरमा दर्ता समेत नगरी महानगरकै संरक्षणमा व्यवसायीहरुले बिगत ११ बर्ष देखि बाख्रीको मासु बिक्री गर्दै आएका थिए ।स्त्रीजन्य चौपाए बिक्री गर्न नपाईने कानुन बिपरित महानगर तथा वडा कार्यालयमा पनि दर्ता नभई सिमित ब्यक्तिको संरक्षणमा लामो समय देखि बाख्रि पसल संचालन गरेको पाईएकाले अनुगमन गरी उनिहरुलाई बन्द गराएको वडा नम्वर ३ का वडा अध्यक्ष बिकास थापाले बताए ।

नियम र कानुन बिपरित गर्ने जो कोहि भएपनि कानुनि दायरामा ल्याईने अध्यक्ष थापा बताउँछन् ।  त्यस्तै टोलीले कमल नगरको मनउबर भाई मासु पसल र राज पान पसल लाई जरिवाना गरेको छ । सरसफाइमा ध्यान नदिएको र पसल तथा फ्रिज सरसफाईमा लापरबाहि गरेको पाईएपछि मनउबर भाई मासु पसल लाई १ हजार रुपैया जरिवाना गरिएको भरतपुर महानगरका पशु शाखाका पशु चिकित्सक  तथा अनुगमन समितिका संयोजक श्याम राज देवकोटाले बताए ।

त्यस्तै राज पान पसलले सरसफाइमा ध्यान नदिएको र कुहेको सुपारी हालेर पान खुवाउने गरेको भेटिएपछि उसलाई पनि १ हजार जरिवाना गरिएको उनले बताए । सो क्रममा कमलनगरको भान्जा मासु पसलको पनि अनुगमन गरिएको थियो । भान्जा मासु पसलले भने सरसफाई र खाद्य स्वच्छतामा निकै ध्यान दिएको पाईएको उनले बताए । अनुगमनका क्रममा सबै भन्दा सफा र व्यवस्थित भान्जा मासु पसल देखिएको उनी बताउछन् । सो क्रममा केहि माछा पसलको पनि अनुगमन गरिएको र सरसफाईमा ध्यान दिन आग्रह गरेको उनले बताए ।

त्यस्तै टोलिले लायन्सचोकको रागोको मासु बिक्री गर्ने ठाउँको पनि अनुगमन गरेको थियो । सो स्थानमा अव्बस्थित तवरबाट बिक्री गरेको भेटिएकाले ३ दिन भित्र ब्यबस्थित गर्न निर्देशन दिएको र नगरेमा पसल बन्द गरिने उनले बताए ।

भरतपुर महानगर पालिकाको टोलिले दिनँहु जसो बजार अनुगमन लाई तिब्र पारेको छ ।महानगरले अहिले माछा मासु पसल तथा मिस्ठान्न भण्डारहरुको अनुगमनलाई तिब्रता दिएको छ ।शुक्रबार भरतपुर १० सिनर्जी रोड परिसरका सबै जसो मासु पसलहरुको अनुगमन गरेको थियो । सबै जसो पसलले  अस्वस्थकर मासु बिक्री गर्ने गरेको भेटिएको थियो ।  

उपभोक्ता अधिकार संरक्षण एन २०७५ को दफा ६४ र २८ ले स्थानिय निकायलाई बजार अनुगमन गर्ने अधिकार प्रदान गरेकाले महानगरले नियमित रुपमा संयुत्त बजार अनुगमन गरेको भरतपुर महानगरका उपभोक्ता हित संरक्षण शाखा तथा शासकिय सुधार ईकाईका अधिकृत थानेश्वर सापकोटाले बताए । उपभोक्ता हक हित संरक्षण र स्वस्थय बजार कायम राख्न महानगरपालि नियमित बजार अनुगमन गरिरहेको उनले बताए ।

चाड पर्वलाई बिशेष ध्यान दिईएको पनि उनि बताउँछन् । अनुगमनमा विल बिजक भए नभएको , मुल्य सुचि भए नभएको, साईन बोड भए नभएको, लेवल भए नभएको, नापतौलको अवस्था सबै हेरिएको उनले बताए । अनुगमनमा सामान्य कमजोरी देखिएकालाई समय दिएर सुधार गर्न आग्रह गरेको र पटक पटक लापरबाही गरेको देखिएमा जरिवाना गर्ने गरिएको उनले बताए ।

महानगरले यहि मंगलबारबाट महानगरका कार्यवहाक नगर प्रमुख चित्रसेन अधिकारी सहित नगरका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको उपस्थितीमा अनुगमन सुरु गरेको थियो ।मंगलबार बालकुमारी तरकारी बजार र त्यहाँका मासु पसलहरुको अनुगमन गरेको थियो भने बुधबार भरतपुरको केन्द्रिय बसपार्कका पसलहरुको अनुगमन गरेको थियो ।

उपभोक्ताको अधिकार हनन गर्ने अधिकार कसैमा पनि नभएकाले अनुगमनमा कमजोरी देखिए तुरुन्तै जरिवाना गनु पर्ने उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।  

प्रतिक्रिया दिनुहोस