कमलनगरको मनउबर भाई फ्रेस हाउसलाई अनुगमन टोलिले गर्यो जरिवाना, खाद्य स्वच्छतामा चरम लापरबाही गरेको भेटियो

प्रकाश सिग्देल

आइतबार, ०२ असोज २०७९, १९ : ४१
कमलनगरको मनउबर भाई फ्रेस हाउसलाई अनुगमन टोलिले गर्यो जरिवाना, खाद्य स्वच्छतामा चरम लापरबाही गरेको भेटियो

चितवन । कमलनगरको मनउबर भाई फ्रेस हाउसले निकै दुर्गन्धित तबरले मासु बिक्री गर्ने गरेको भेटिएको छ । भरतपुर महानगर वडा नम्वर ३ का वडा अध्यक्ष बिकास थापाको नेतृत्वमा कमलनगरमा भएको मासु बजारको अनुगमनका क्रममा मनउबर भाई फ्रेस हाउसले सरसफाईमा चरम लापरबाही गरेको फ्रिज निकै फोहोर अवस्थामा राखेको , मासुको स्वच्छतामा ध्यान नदिएको र खाद्य सुरक्षामा चरम लापरबाही गरेको पाईएपछि उसलाई जरिवाना गरिएको भरतपुर महानगरका पशु शाखाका पशु चिकित्सक  तथा अनुगमन समितिका संयोजक श्याम राज देवकोटाले बताए ।

पहिलो चरणमा न्युनतम १ हजार जरिवाना भएको र अर्को अर्को पटक पनि लापरबाही गरे ५ हजार जरिवाना सहित अन्य कानुनी कुराहरुमा अगाडी बढिने भरतपुर महानगरका उपभोक्ता हित संरक्षण शाखा तथा शासकिय सुधार ईकाईका अधिकृत थानेश्वर सापकोटाले बताए ।

मनउबर भाई फ्रेस हाउसले बिगतमा पनि लापरबाही गर्ने गरेको अनुगमनमा पाईएकाले अब पनि खाद्य स्वच्छतामा खेलवाड गरे मुद्धा चलाउनु पर्ने उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए ।

अनुगमनका क्रममा कमलनगरको भान्जा मिट सप्लार्यसको पनि अनुगमन गरिएको थियो ।  भान्जा मिट सप्लार्यसले भने सरसफाई र खाद्य स्वच्छतामा निकै ध्यान दिएको पाईएको उनले बताए । भान्जा मिट सप्लार्यसमा कुनै कम्जोरी नदेखिएको र माछा मासु पसलको अनुगमनमा  क्रममा सबै भन्दा सफा र व्यबस्थित  भान्जा मिट सप्लार्यस  देखिएको उनी बताउँछन् । सो क्रममा केहि माछा पसलको पनि अनुगमन गरिएको र सरसफाईमा ध्यान दिन आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस