हिमालयन बैंक न्यूरोड शाखाले ल्यायो क्यास डिपोजिट मेसिन

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १७ : १०
हिमालयन बैंक न्यूरोड शाखाले ल्यायो क्यास डिपोजिट मेसिन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले यही भाद्र २७ गतेदेखि न्यूरोड शाखामा क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको छ । यस क्यास डिपोजिट मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । 

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बंैकका ग्राहकहरुलाई बैंकिङ कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ । 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४  ATM र ६,००० भन्दा बढी POS Terminals बाट सेवा प्रदान गर्दै आएको छ ।