काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, १४ : ४४
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त

काठमाडौं । प्राध्यापक अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन् ।

काठमाडौ विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई चार वर्षका लागि सो पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस